Public Pana
भारतसँग अस्ट्रेलिया नाजुक हुदै  : गुमायो दोस्रो विकेट

विश्वकपको उपाधिका लागि जवाफी ब्याटिङ गरिरहेको अस्ट्रेलियाले दोस्रो विकेट गुमाएको छ । घरेलु टोली भारतले दिएको २४१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाका मिचेल मार्स १५ बलमा १५ रन जोड्दै आउट भएका हुन् । 

उनलाई जसप्रित बुम्राहको बलमा विकेटकिपर केएल राहुलले क्याच गरेका हुन्। यसअघि ओपनर डेविट वार्नर ७ रनमै आउट भएका थिए। 


५ ओभरको खेल सकिँदा अस्ट्रेलियाले २ विकेटको क्षतिमा ४१ रन बनाएको छ। अब अस्ट्रेलियालाई जितका लागि ४५ ओभरमा २ सय रन आवश्यक छ। 


 

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update