Public Pana
अस्ट्रेलियालाई भारतसँग कठिन : दोस्रो ओभरमा  वार्नर आउट

विश्वकप क्रिकेटको फाइनलमा जवाफी ब्याटिङ गरिरहेको अस्ट्रेलियाले पहिलो विकेट गुमाएको छ । 

२४१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले दोस्रो ओभरमा ओपनर डेविट वार्नरलाई गुमाएको हो। मोहम्मद शामीको बलमा विराट कोहलीले वार्नरलाई क्याच आउट गरे । 


पहिलो ओभरमै १५ रन बनाएको अस्ट्रेलियाले आक्रमक सुरुवात गरेको थियो। तर भरपर्दा ब्याटर ७ रनमै पेबेलियन फर्किएका छन्। अहिले मार्स र हेड क्रिजमा छन् । 

यसअघि गुज्रातको नरेन्द्र मोदी स्टेडियममा भारतले अन्तिम बलमा सबै विकेट गुमाउँदै २४० रन बनाएको छ । 


 

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १९:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update