Public Pana
विश्वकप क्रिकेटमा भारतको कमजोर प्रर्दशन, अस्ट्रेलियालाई २४१ रनको लक्ष्य

विश्वकप क्रिकेटको फाइनलमा इण्डियाले अस्ट्रेलियालाई २४१ रनको लक्ष्य दिएको छ ।

अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इण्डिया ५० ओभरमा २४० रनमा अलआउट भएको हो । कंगारु टोली सामु इण्डियाको  ब्याटिङ खासै चल्न नसकेपछि पुरा ओभरमा भारतले सामान्य लक्ष्य मात्र  दियो ।


१०।२ ओभरमा ८६ रन बनाउँदा ३ विकेट गुमाएर दबाबमा परेको भारतलाई विराट कोहली र केएल राहुलले सम्मानजनक स्थितिसम्म पुर्‍याएका थिए । उनीहरुले चौथो विकेटका लागि ६७ रनको साझेदारी गरे ।

पछिल्ला व्याट्सम्यान ले खासै राम्रो प्रर्दशन गर्न सकेनन ।
कोहली ५४ र राहुल ६६ रनमा आउट भए भने अन्यले त्यति राम्रो योगदान दिन सकेनन । अव केहीबेरमा अष्ट्रेलियाले ब्याटिङ शुरु गर्नेछ । 

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update