Public Pana
विश्वकप क्रिकेट फाइनलः भारतलाई सुरुवाती झड्का  

एक दिवशीय विश्वकप क्रिकेटको फाइनलमा अस्ट्रेलियाविरुद्ध पहिले ब्याटिङ गरिरहेको भारतले पहिलो विकेट गुमाएको छ।

भारतका ओपनर शुबमन गिल मात्रै चार रन बनाएर आउट भएका हुन्।

७ बल खेलेका गिल पाँचौं ओभरको दोस्रो बलमा क्याच आउट हुन पुगे। मिचेल मार्सको बलमा एडम जाम्पाले क्याच गरे। 

भारतले ५ ओभरको खेल सकिँदा एक विकेटको क्षतिमा ३७ रन बनाएको छ।

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १४:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update