Public Pana
छठको आज सार्वजनिक बिदा

आज छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदै छ । 

यस अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । 

आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ।

व्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन्। 

तराई–मधेसका सबै जिल्ला, काठमाडौँसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ। 

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  ०७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update