Public Pana
गाजामा हरेक दिन दुई ट्रक इन्धन लान दिन इजरायल तयार

इजरायलले गाजामा हरेक दिन दुई ट्रकसम्म इन्धन लान अनुमति दिने बताएको छ।

अमेरिकाको दबाबपछि इजरायलले उक्त निर्णय गरेको बीबीसीले जनाएको छ। 


अमेरिकी विदेश मन्त्रालयका अधिकारीहरूले गाजामा हरेक दिन १ लाख ४० हजार लिटर इन्धन आपूर्ति गर्न अनुमति दिइने बताएका छन्।


उक्त इन्धन यही ट्रक र संयुक्त राष्ट्र संघद्वारा सञ्चालित राहत कार्यमा प्रयोग गरिने बताइएको छ।

बाँकी इन्धन मोबाइल फोन र इन्टरनेट सेवामा प्रयोग गरिने छ। इन्धन अभावका कारण हाल यी सेवा ठप्प छन्।


प्यालेस्टिनी शरणार्थीका लागि काम गरिरहेको संयुक्त राष्ट्रसंघीय निकायले त्यहाँ आधारभूत मानवीय सहायता कार्यका लागि दैनिक १ लाख ६० हजार लिटर इन्धन आवश्यक पर्ने बताएको छ।

प्रकाशित मिति: शनिबार, मंसिर २, २०८०  ०८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update