Public Pana
नेपालले जापानलाई दियो ११४ रनको लक्ष्य

हङकङमा जारी चार देश सम्मिलित महिला टी–२० आई सिरिजमा नेपालले जापानसामु १ सय १४ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

वाङ नाइमा जापानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय १३ रनको योगफल तयार पारेको हो। 


रुविना क्षेत्री बेलवासेले ३८ रनमा बोल्ड आउट भईन्। नेपालका लागि सर्वाधिक रन बनाएकी रुविना ३२ बलमा ५ चौका प्रहार गर्दा बोल्ड आउट भईन्। 


ओपनर पुजा महतो १३ रन बनाउँदा एलबीडब्लु धरापमा परिन्। सीता राना मगर ९ रनमा बोल्ड आउट भईन्। 

कप्तान इन्दु बर्मा २७ रनमा क्याच आउट भईन्। कप्तान इन्दु ३१ बलमा २ चौका हानिन्। 


काजल श्रेष्ठ १५ र अस्मिना कर्माचार्य १ रनमा नटआउट रहे। काजल ७ बलमा ३ चौका प्रहार गरिन्। 

जापानविरुद्धको खेलबाट तिव्र गतिकी बलर सोनी पाख्रिनले डेब्यु गरेकी छिन्। लुम्बिनी प्रदेशबाट घरेलु प्रतियोगिता खेल्दै आएकी थिईन्। 


यसअघि सिरिजका दुवै खेलमा पराजित नेपाल र जापान पहिलो जितको खोजीमा छन्।

प्रकाशित मिति: शनिबार, मंसिर २, २०८०  ०८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update