Public Pana
धनगढीमा भीषण आगलागी
फाइल तस्बिर

कैलालीको धनगढी बजारमा भीषण आगलागी भएको छ । धनगढीको मुख्य बजार रहेको सारथि अस्पताल क्षेत्रमा गएराति १ बजे आगलागी भएको प्रहरीले जनाएको छ 

 

आगलागीबाट सारथी अस्पताल, भण्डारी सुज सेन्टरलगायत ८ पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुल्दीप चन्दले जानकारी दिए ।

क्षतिको यकिन विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ।

aaglagi1700282772.png

प्रकाशित मिति: शनिबार, मंसिर २, २०८०  ०८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update