Public Pana
कैलालीको अत्तरियामा ट्रक ठक्करबाट एकजनाको मृत्यु

कैलालीको अत्तरियामा ट्रकले ठक्कर दिंदा एक जना पैदल यात्रीको मृत्यु भएको छ ।

हिजो शुक्रबार साँझ धनगढीबाट अत्तरियातर्फ आइरहेको मप्र ०३०१ख९६५० ट्रकको ठक्करबाट डोटीको शिखर नगरपालिका–२ बस्ने ६० वर्षीय भगवती रोस्याराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी रोस्याराको उपचारका क्रममा राति सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

उनी डोटीमा कटी दिदीको नामले परिचित थिइन् । रोस्याराको मृत्युपछि उनका शुभेच्छुकहरूले सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिदी दुःख व्यक्त गरिरहेका छन् ।

ट्रक र चालक डडेल्धुराको अजयमेरू गाउँपालिका–१ का ३४ वर्षीय नरेश भण्डारीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर २, २०८०  ०६:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update