Public Pana
टी–२० आई सिरिजमा आज नेपाल र जापान भिड्दै

हङकङमा जारी चार देश सम्मिलित महिला टी–२० आई सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा आज (शनिबार) नेपाल र जापान भिड्दैछन् । 

लगातार दुइ खेलमा पराजित नेपाल र जापान दुवै टोली पहिलो जितको खोजीमा मैदान उत्रदैछन् । 

लगातार दोस्रो हार व्यहोरेसँगै नेपाल र जापानको फाइनल खेल्ने सम्भावना सकिएको छ । 

यद्यपी आजको खेलमा पराजित भएपनि दुवै टोलीले तेस्रो स्थानका लागि खेल्नेछन् । 


सिरिजको पहिलो खेलमा तान्जानियासँग २७ रनले पराजित भएको नेपाल दोस्रो खेलमा नेपाल घरेलु टोली हङकङसँग ९ विकेटले पराजित भएको थियो । 

उता जापानले भने हङकङसँग ९ विकेटले तथा तान्जानियासँग १ सय ११ रनको फराकिलो अन्तरले पराजित भएको थियो। 

आजै हुने अर्को खेलमा आयोजक हङकङसँग र तान्जानिया भिड्दैछन्। यो खेलको विजेताले समूह विजेताको टुङ्गो लगाउनेछ। 

दुवै खेलमा अपराजित हङकङसँग र तान्जानियाको समान ४ अंक भए पनि नटरनरेटमा घरेलु टोली अघि छ। 

समूहका शीर्ष २ टोली उपाधिका लागि आइतबार आमनेसामने हुनेछन्। सोही दिन पुछारका दुई टोली तेस्रो स्थानका लागि खेल्नेछन्।

प्रकाशित मिति: शनिबार, मंसिर २, २०८०  ०६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update