Public Pana
इटाली युरो कपमा छनोट हुने सम्भावना बलियो

साबिक विजेता इटालीले नर्थ म्यासेडोनियालाई हराउँदै युरो २०२४ मा छनोट हुने सम्भावना बलियो बनाएको छ । शुक्रबार राति भएको खेलमा इटाली ५–२ गोलले विजयी बनेको हो ।

खेलको १७ औँ मिनेटमा माटेयो डार्मियानले गोल गर्दै इटालीलाई अग्रता दिलाए । ४० औँ मिनेटमा मिनेटमा जोर्गिन्हो पेनाल्टीबाट चुके पनि पहिलो हाफको अन्त्यमा फेडेरिको चिएसाले दुई गोल थप्दै टोलीको अग्रता फराकिलो बनाए ।

दोस्रो हाफमा जानी आटानासोभले म्यासेडोनियाका लागि दुई गोल फर्काएका थिए । तर, जियाकोमो रास्पाडोरी र स्टेफन अल सारावेले एक–एक गोल गर्दै टोलीको जीत सुनिश्चित गरे ।

जीतपछि इटाली समूह सीमा यसअघि नै छनोट भइसकेको इंग्ल्याण्डपछि दोस्रो स्थानमा रहेको छ । तेस्रो स्थानमा रहेको युक्रेनको पनि समान १३ अङ्क रहे पनि इटालीको गोल अन्तर राम्रो रहेको छ ।

अब सोमबार इटालीले युक्रेनलाई बराबरीमा मात्र रोके पनि जर्मनीमा हुने प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गर्नेछ । 

प्रकाशित मिति: शनिबार, मंसिर २, २०८०  ०६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update