Public Pana
पत्नी स्वस्तिमाद्धारा पति निश्चलको प्रशंसा

‘सो एलिगेन्ट, सो ब्युटिफुल, जस्ट लुकिङ लाईक अ वाउ’ अहिले भाइरल डाइलग हो यो ।


बलिउड अभिनेत्री प्रियंका चोपडाका लागि उनका श्रीमानले यी शब्द खर्चिएका थिए । निक जोनसले आफ्नो इन्स्टाग्राम स्टोरीमा श्रीमतीको तस्विर राख्दै यस्तो लेखेका थिए ।


अहिले यस्तै थिमको पोस्ट नेपाली अभिनेत्री स्वस्तिमा खड्काले गरेकी छिन् । उनले आफ्ना श्रीमान् निश्चल खड्कालाई अंकमाल गरेको तस्विर राख्दै अंग्रेजीमा लेखेकी छिन – ‘आइ एम प्राउड अफ यु फर अल द्याट यु आर’ अर्थात् ‘तिमी जे छौ त्यसैमा म गर्व गर्छु ।

यो पोस्टलाई धेरैले निकको पोस्टसंग तुलना गरेर हेरिरहेका छन् ।

छ वर्षपछि निश्चल निर्देशनमा फर्किएका छन् । ‘दिमाग खराब’ फिल्मलाई दर्शक हुँदा पनि शो नदिएकोले उनी आक्रोशित छन् । उनी र उनको टिमले फिल्म हलबाट निकाल्ने तयारी पनि गरे । तर उक्त निर्णय अहिले पोस्टपोन्ड गरेर मंगलवारसम्म हलमा लगाउने तयारी छ ।

सम्भवतः यसै सन्दर्भमा स्वस्तिमाले श्रीमानको हिम्मत बढाउन यो पोस्ट गरेको हुनुपर्छ । जे होस् माया स्पष्टै देखिन्छ यी दुईको ।


 

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  १६:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update