Public Pana
टिकटकमाथीको प्रतिबन्ध बदरको मागसहित सर्वोच्चमा रिट, सोमवार सुनुवाई हुने

चर्चित एप्स टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेका रिट निवेदनहरूमाथि मङ्सिर ४ गते  सुनुवाइ हुने भएको छ ।

शुक्रवार सर्वोच्च अदालतमा दर्ता भएका ८ वटा रिट निवेदनलाई एकैसाथ राखी सर्वोच्च प्रशासनले मङ्सिर ४ गतेका लागि पहिलो पेशी तय गरेको हो । 
मङ्सिर ४ गते ती रिटहरुमाथी एक  इजलासमा प्रारम्भिक सुनुवाइ हुने सर्वोच्च अदालतले जनाएको छ । 

सरकारले हचुँवाका भरमा उक्त एप्समाथी प्रतिबन्ध लगाएको भन्दै उक्त निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता भएका छन् ।

टिकटकमाथी प्रतिबन्ध लगाउने सरकारको उक्त कदमलाई सर्वोच्चले प्रथम दृष्टिमा त्रुटीपुर्ण ठहर गरी तत्कालका लागि उक्त निर्णयमाथी नै रोक लगाउने सक्ने कानुन व्यवसायीहरुको दावी छ । 


गत कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकले सामाजिक शिष्टाचारमा खलल पुरयाएको भन्दै  टिकटकमाथी  प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

उक्त निर्णयपछि हालनेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकहरुले नेपाली प्रयोगकर्ताको मोवाइलमा टिकटक नचल्ने बनाएका छन् ।  

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  १५:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update