Public Pana
आज अन्तर्राष्ट्रिय विद्यार्थी दिवस

“फेल अर्थात् अनुर्तिण भन्नाले सिक्ने क्रमको पहिलो कदम हो अथवा सिकाइमा पहिलो प्रयास हो भन्ने अर्थ लाग्दछ ।“
“FAIL: stands for First Attempt in Learning."
यस नाराका साथ आज विश्वभरि अन्तर्राष्ट्रिय विद्यार्थी दिवस मनाइँदै छ । सन् २०२३ को बिधार्थी दिवसको विषयवस्तुले विद्यार्थीहरूलाई असफलतालाई सिकाइ अनुभवको रूपमा अँगाल्न र उनीहरूको शैक्षिक यात्रा जारी राख्न उत्प्रेरित गर्ने लक्ष्य राखेको छ।

विश्व राजनीतिको इतिहासलाई फर्केर हेर्ने हो भने राजनीतिक परिवर्तनमा होस् या राजनीतिक चेत विकास गर्न र विस्तार गर्न विद्यार्थीको भूमिका निकै महत्त्वपूर्ण छ । विद्यार्थीका कारण नेपालमा मात्र होइन, विश्वका विभिन्न देशमा ठुला राजनीतिक, सामाजिक तथा आर्थिक परिवर्तनहरू भएका छन् ।


सन् १९३९ को कुरा हो । नाजीहरूले चेक रिपब्लिकका विश्वविद्यालयहरूमा आक्रमण गरेका थिए । त्यहाँ उनीहरूले केही विद्यार्थीहरूको हत्या मात्र गरेनन्, विद्यार्थीहरूलाई नियन्त्रणमा लिएर क्याम्पहरुमा पनि पठाएका थिए ।

इतिहासको यो सन्दर्भबारे हाम्रो पात्रोको अर्को कुनै लेखमा फेरि छलफल गरौँला । त्यति बेला प्राग विश्वविद्यालयमा भएको नाजी आक्रमणमा नौ जना विद्यार्थीको हत्या भएको थियो । १२ सयभन्दा धेरै विद्यार्थीहरूलाई कन्सेन्ट्रेसन क्याम्पहरूमा पठाइएको थियो । अनि चेकका सबै विश्वविद्यालयहरू र कलेजहरू पनि बन्द गरिएका थिए ।

त्यो इतिहास, त्यति बेला हत्या गरिएका ९ विद्यार्थी र १२ सय विद्यार्थीको सम्झनामा १७ नोभेम्बरलाई विश्वभर यो दिवस मनाउन थालिएको हो ।

यस दिवस लाई त अहिले गैर राजनीतिक तथा बहुसाँस्कृतिका दिवसका रूपमा विश्वभरका विभिन्न विश्वविद्यालय तथा कलेजहरूले मनाउने गर्छन् ।

नेपाली राजनीतिक इतिहासमा विद्यार्थीको योगदान

थोरै चर्चा गरौँ, नेपाली राजनीतिक इतिहासमा विद्यार्थीको योगदानबारे । नेपालमा भएका ठुला राजनीतिक परिवर्तनहरूमा पनि विद्यार्थीहरूको विशेष भूमिका रहेको छ ।

२००७ सालमा होस् या ०४६ सालमा वा पछिल्लो पटक हामीले व्यवस्था परिवर्तन गरेको ०६२-६३ सालमा नै किन नहोस्, विद्यार्थीहरूको विशेष भूमिकालाई कसैले पनि नकार्न सक्दैन ।

त्यसैले त आज पनि हामी कलेज तथा स्कुलहरूमा, विश्वविद्यालयहरूमा समेत विद्यार्थीलाई भोलिका कर्णधार भन्छौँ, उनीहरूको महत्त्वलाई बिर्सन सक्दैनौँ ।

हाम्रो तर्फबाट विद्यार्थी दिवसको शुभकामना ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  ०५:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update