Public Pana
 सिन्धुली कारागारभित्रै कैदीको मृत्यु

सिन्धुली कारागारमा रहेका एक कैदीको मृत्यु भएको छ ।

सिन्धुलीको दुधौली नगरपालिका(१० का ३० वर्षीय विमल थापाको गएराति सुतेकै ठाउँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी चिरञ्जीवी दाहालले जानकारी दिए ।


डीएसपी दाहालका अनुसार बुधबार साँझ कारागारमै तिहार मनाएर देउसी खेलेर खाना खाइवरी सुतेका थापा आज बिहान ओछ्यानमै बेहोस अवस्थामा फेला परेका थिए ।


उनलाई उपचारका लागि सिन्धुली जिल्ला अस्पताल लगिएको थियो। अस्पताल पुर्याउनासाथ उनलाई चिकित्सकले मृत्यु भएको घोषणा गरेका डीएसपी दाहालले बताए । 

यही असोज १७ गतेदेखि थापा सवारी ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा थिए। थापाको मृत्युको कारण नखुलेको र घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


उनको शव पोष्टमर्टमका लागि जिल्ला अस्पतालमा लगिएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०८०  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update