Public Pana
नियुक्ती भएको ३ महिनामै यातायात व्यवस्था विभागको महानिर्देशक हटाउने तयारी 


यातायात व्यवस्था विभागको महानिर्देशक डिजीलाई हटाउने तयारी भएको छ ।

स्रोतका अनुसार आवश्यक सम्मन्य नगरेको र यातायात व्यवस्था सुधारमा प्रभावकारी काम गर्न नसकेको भन्दै भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले अहिलेका डिजी सुरेश राउतलाई हटाउने तयारी गरेका हुन । राउत करिब ३ महिना अघि मात्र विभाग गएका थिए ।

 आगामी २० गतेदेखी निर्वाचन आचारसहिंता लगाउने निर्वाचनको आयोगको तयारी भएकाले त्यस अघि नै महानिर्देशक हटाउने गृहकार्य भइरहेको मन्त्रालय स्रोतले जानकारी दियो ।

बालुवाटारको सल्लाहमै हालका डिजीलाई हटाएर नयाँ ल्याउने तयारी मन्त्रालयले गरेको मन्त्रीका एक निकटवर्तीले जानकारी दिए । 

प्रकाशित मिति: बिहीबार, भदौ १६, २०७९  २१:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update