Public Pana
कर्मचारी समायोजनसम्बन्धी मुद्दाको निर्णय आइतबार

सर्वोच्च अदालतले आज सुनाउने भनिएको कर्मचारी समायोजनसम्बन्धी मुद्दाको फैसला आगामी आइतबार सुनाउने भएको छ ।
      
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टङ्कबहादुर मोक्तानको आज बसेको संवैधानिक इजलासले निर्णय सुनाउने मिति आइतबारलाई सारेको हो ।
      
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार आज सुनुवाइका लागि समय अपुग भएपछि आगामी आइतबारका लागि निर्णय सुनाउने मिति तय भएको हो ।
      
कर्मचारी समायोजनसम्बन्धी ९९ थान रिट निवेदनमा गत साउन १७ गते नै सुनुवाइ सकेर फैसलाका लागि आज मिति तोकिएको थियो । यो मुद्दामा फैसला नहुँदा सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन अन्योलमा परेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १, २०७९  २०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update