Public Pana
आज तिहारको दिनको मौसम  

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार बुधबार दिउँसो कोशी र मधेस प्रदेशलगायत देशको पहाडी भू–भागमा  आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै राती कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

विभागका अनुसार जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा आज चिसो बढ्नेछ । दिउँसो कर्णाली प्रदेशको भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमलगायत आसपासको क्षेत्र  र लुम्बिनी प्रदेशको उत्तर पश्चिमको भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । उक्त क्षेत्रमा अधिकतम तापक्रम सरदरभन्दा थोरै घट्ने सम्भावना छ ।

राति कर्णाली प्रदेशको भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमलगायत आसपासको क्षेत्र र  लुम्बिनी प्रदेशको उत्तर पश्चिमको भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

विभागका अनुसार उक्त क्षेत्रमा राति न्यूनतम तापक्रम सरदरभन्दा थोरै घट्ने सम्भावना छ । 

प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०८०  ०७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update