Public Pana
किजा पूजा, आज

विभिन्न मौलिक चाडबाड, सभ्यता तथा संस्कारका धनी नेवास् समुदायले पनि काग तिहार र कुकुर तिहार मनाए तापनि मूल रूपमा लक्ष्मी पूजा, म्ह पूजा र किजा पूजा भनी भाइटिका मनाउँदै आएका छ ।

तीन दिन सम्म लगातार रूपमा मनाउँदै आएको कारणले नै स्वस्ति नखस् भनिएको हो । नेवा भाषामा स्वन्हु भनेको तीन दिन र नखस् भनेको चाड पर्व हो ।

कृषि प्रधान नेवा समुदायमा यो तीन दिनको चाड स्वस्ति नखस् मा खेतबाट आएको धान भित्र्याउने र वर्षभरिको हिसाब(किताब सम्पन्न गर्ने अर्थात् साल तमाम गर्नुका साथसाथै आफ्नो शरीर लाई पूजा गरी नयाँ वर्षका लागि सङ्घर्ष गर्दै अगाडी बढ्न कालागि आवश्यक पौष्टिकता ग्रहण गर्ने पर्वको रूपमा लिएको पाइन्छ ।

यस दिनमा म्ह पूजाकै दिनमा जस्तै तयार गरी मण्डप लेख्ने गरिन्छ । बिमिरोदेखि सबै प्रकारका फलफूल समेत मण्डपमा राख्ने गरिन्छ । नेवास् समुदायमा भने पञ्चरंगी टिका नभई अक्षता, अबिर, दही, चिउरा र पानी राखेको रातो टिका जसलाई नेवारी संस्कारमा ुजाकि सिन्हु भनिन्छि । नेवार समुदायमा म्ह पुजा कै दिनमा जस्तै पूजा आजदेखि सौगन दिने चलन रहेको छ ।

पञ्चतत्वको सौगन दिनेदेखि पूजा गर्ने र आफ्नो भाइको दीर्घायुको कामना गर्ने गरिन्छ । हरेक मानिस भित्रको देउता अनि दिदीबहिनीबिचको आत्मियताका लागि नेवा समुदायमा तिहार प्रसिद्ध छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २९, २०८०  ०७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update