Public Pana
मोरङमा आगलागी : उपचारमा कठिन 

मोरङको उर्लाबारी नगरपालिका–७ मा आगलागीपछि कार विस्फोट हुँदा घाइते भएकामध्ये १० जनालाई आज मंगलबार काठमाडौं ल्याइएको छ।

झापाका विभिन्न अस्पतालमा उपचाररत उनीहरूलाई नेपाली सेनाको विमानमार्फत् थप उपचारका लागि काठमाडौं ल्याइएको हो। 

नेपाली सेनाकोविमानद्वारा चन्द्रगढी विमानस्थल हुँदै काठमाडौं ल्याइएको नेपाली सेनाका सहायक रथी एवं प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए।


गत आइतबार राति साढे १० बजे उर्लाबारी–७ बारगाछीस्थित दीपक काकीको घरमा आगोलागी हुँदा  पार्किङमा राखिएको कार विस्फोट भएको थियो। 


सो विस्फोटमा परेर ४ जना प्रहरी र २३ जना सर्वसाधरण गम्भीर घाइते भएका छन्। घाइतेमध्ये १४ जनालाई सोमबार नै काठमाडौं ल्याइएको थियो। 

उनीहरूको कीर्तिपुरस्थित नेशनल बर्न सेन्टरमा उपचार भइरहेको छ। 


मोरङमा आगलागी, कार विस्फोट हुँदा ४ प्रहरीसहित २७ जना घाइते

प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  १७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update