Public Pana
रेलले किच्दा जनकपुरमा एकजनाको मृत्यु

जनकपुर–जयनगर रेलमार्गमा किचिएर एक जनाको मृत्यु भएको छ ।

धनुषाको विदेहनगरपालिकास्थित बैदेही स्टेसन नजिक अन्दाजी ५० वर्षीय पुरुषको लिकमै किचिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले जानकारी दिए ।


रेल आज बिहान जनकपुरबाट जयनगरतर्फ जाँदै गरेको बेला दुर्घटना भएको हो ।

मृतकको सनाखत अहिलेसम्म हुन सकेको छैन ।

 

प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update