राष्ट्रपति पौडेलले बहिनीहरू शारदा र चन्दाको हातबाट तिहारको टिका लगाउने
राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टिका लगाउने भएका छन् ।
राष्ट्रपति पौडेलले विहान बुधबार बिहान १० बजेर ५१ मिनेटमा बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट टिका र आर्शिवाद लिने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते भोली बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको छ ।
भाइटीकाको उत्तम साइत बुधबार बिहान १०ः५१ बजे भए पनि दिनभर नै टीका लगाउन सकिने पञ्चांग निर्णायक समितिले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८० ११:३७
प्रतिक्रिया दिनुहोस्