Public Pana
इतिहासमा तिहारको बेला ५ दिन जुवा खेल्न दिइने भएपनि पृथ्वीनारायण शाहद्धारा निन्दा

तन्त्र साधना गर्ने कान्तिपुरका राजा प्रताप मल्लले साक्षात् देवीसँग पासा खेल्ने गरेको प्रसङ्ग काठमाण्डू उपत्यकामा प्रचलित एउटा किम्बदन्तीमा पाइन्छ ।

इतिहासकार दिनेशराज पन्तका अनुसार शासकहरूले जुवातास खेले पनि त्यसमा निर्लिप्त हुन नहुने मान्यता थियो ।

“विसं १८२६ मा पृथ्वीनारायण शाहले वसन्तपुर दरबारमा जुवा खेल्ने, बढ्ता सुत्ने, बढ्ता स्त्रीभोगमा लाग्ने राजाहरू मूर्ख हुन् भनेर निन्दा गरेका छन्,“ ऐतिहासिक सन्दर्भ खोतल्दै उनी भन्छन् ।

“विसं १८६२ मा रणबहादुर शाहले जुवा खेल्ने, भाङधतुरो खानेहरूलाई दण्ड गर्नू भनेका छन् ।"

“यो आमोदप्रमोदको एउटा विषय हो। कोजाग्रत पूर्णिमामा, लक्ष्मीपूजाको दिन खेल्ने शास्त्रीय कुरा भयो।“

“पछि राणाकालमा जस्तो प्रथम विश्वयुद्धमा नेपालले मित्रराष्ट्रहरूलाई सहयोग गरेको थियो  द्वितीय विश्वयुद्धमा मित्रराष्ट्रहरूलाई सहयोग गरेको थियो , राजा महाराजालाई बाहिरबाट तक्मा आयो, युवराजको जन्म भयो आदि कुरामा जुवा खेलेका भेटिन्छ।"

उनका अनुसार राणाकालमा तिहारको पाँच दिन जुवा खेल्न छुट दिइन्थ्यो। “कुनैकुनै वर्ष दिँदैन थिए होला, कुनैकुनै वर्ष दिन्थे होला। यो प्रमाणिक कुरा नै हो।"

“झट्ट दस्तावेज नै देखाउन सक्ने कुरा भएन। किनभने हामीकहाँ सबै दस्तावेज सुरक्षित राख्ने पद्धति शासकीय वृत्तमा पनि छैन, अरू वृत्तमा पनि छैन। तर त्यो अप्रमाणिक कुरा होइन।"

जुवातासको पौराणिक र ऐतिहासिक साइनो रहेको इतिहासविद्‌ दिनेशराज पन्त बताउँछन्।

"महाभारतमा उल्लेख गरिएअनुसार कौरवहरूसँग जुवा खेल्ने क्रममा ज्येष्ठ पाण्डव युधिष्ठिरले द्रौपदीलाई हारेका थिए," उनी भन्छन्, 'प्राचीनकालदेखि द्य‍ूतक्रीडा अर्थात् जुवा खेल्ने कुरा लक्ष्मीसँग जोडिएर आएको कुरा हो।"

हाल नेपाल प्रहरीले कानुन आकर्षित हुने अवस्थामा बाहेक पक्राउ गरेको आरोप चाहिँ अस्वीकार गर्ने गरेको बीबीसीले जनाएको छ।

tass1699929981.jpg

प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  ०८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update