Public Pana
आज उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात


देशका केही भू–भागमा आज हिमपातको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो ।

आज बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली रहेको छ ।

कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।


 

प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  ०८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update