Public Pana
रोबोटले मान्छे मार्यो

विश्वभर प्रविधिको प्रयोग बढ्दै गएको छ। अहिले रोबोटले पनि मानिसको काँधमा काँध मिलाएर काम गरिरहेका छन् । तर दक्षिण कोरियामा एउटा घटनाले अचम्मित तुल्याएको छ। त्यहाँ रोबोटले मानिसको हत्या गरेको छ ।

यो सबै एउटा गल्तीका कारण भएको थियो। वास्तवमा, उक्त रोबोटले, मानव र बक्समा फरक गर्न सकेन्।

समाचार एजेन्सीका अनुसार रोबोटको हातमा आएको खराबीका कारण यस्तो भएको हो। त्यसले जोडले कर्मचारीलाई समात्यो र अटोमेटिक प्यानलतर्फ फ्याँकेको थियो।

दक्षिण कोरियाको समाचार एजेन्सी योनहापकाअनुसार दुर्घटना हुँदा कर्मचारीले रोबोटको सेन्सर अपरेशनको जाँच गरिरहेका थिए। त्यसपछि रोबोटले गल्ती गर्यो।

रोबोटको आर्मले कर्मचारीलाई बक्सको रूपमा बुझ्यो र उसलाई एकदमै बलियो गरी समातेर स्वचालित प्यानलतिर फालिदियो।

रोबोटले थिचेपछि कर्मचारीको अनुहार र छाती नराम्ररी कुचिएको थियो। कर्मचारीलाई तत्काल अस्पताल लगियो। त्यहाँ उनलाई मृत घोषित गरिएको थियो। मिडिया रिपोर्टका अनुसार उक्त रोबोटको परीक्षण भइरहेको थियो।

यसअघि पनि सो रोबोटको सेन्सरमा त्रुटि भेटिएको थियो। यही कारणले परीक्षाको समय लम्ब्याईएको थियो। दुई दिन पछि, जब रोबोटको पुनः परीक्षण गरियो, त्यस समयमा दुर्घटना भएको बताईएको छ।

स्थानीय प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ।

दुर्घटनाको आन्तरिक कारण के थियो भन्ने विस्तृत विवरण आएपछि थाहा हुनेछ। रोबोटका कारण दुर्घटना भएको यो पहिलो घटना होइन। अहिलेसम्म यस्ता धेरै घटना बाहिर आएका छन्, जसमा रोबोटका कारण मानिसले नोक्सानी बेहोर्नुपरेको छ।

दक्षिण कोरियामा भएको उक्त घटनाको जिम्मेवार को हो भन्ने बहसको ठूलो विषय बनेको छ। संसारमा यस्ता विषयमा कानुनी व्यवस्था छैन। रोबोट वा त्यसको निर्मातालाई कारबाही गर्ने कि नगर्ने भन्ने ठूलो प्रश्न हो।

हाल, कोरियाली प्रहरीले साइटको सुरक्षा प्रबन्धकका विरुद्धमा मुद्दा हालेको छ र अनुसन्धानपछि थप कारबाही गरिने जनाएको छ । 

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  १७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update