Public Pana
कोरला नाका खुलेका कारण नेपालीले सहज रुपमा तिब्बत जान पाउने

लामो प्रतीक्षा र नेपालको फितलो तयारीबीच उपल्लो मुस्ताङको कोरला नाकाको विधिवत् उद्घाटन भएको छ।

नेपालतर्फबाट मुस्ताङका संघीय सांसद योगेश गौचन, गण्डकी प्रदेशसभा सांसदहरू नम्डु गुरुङ र विकल शेरचन, पोखराका मेयर धनराज आचार्य, मुस्ताङका सिडियोसहित उपल्लो मुस्ताङका लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष र चिनियाँ पक्षबाट सिगात्सेका मेयरसहितका प्रतिनिधिको उपस्थितिमा नाका सुचारु भएको घोषणा गरिएको पोखराका मेयर आचार्यले जानकारी दिए।

उद्घाटनको बेला आतिसबाजी गरिएको थियो भने माथिल्लो मुस्ताङका दुई पालिका लोमान्थाङ र लोघेकरलाई चिनियाँ पक्षले सहयोग सामग्री हस्तान्तरण गरिएको थियो।


कार्यक्रममा नाकाको दीगो संचालन हुनुपर्नेमा जोड दिए। प्रधानमन्त्री प्रचण्डको असोज पहिलो साता भएको चीन भ्रमणको बेला कोरला नाका खुला गर्ने सहमति भएको थियो। 


नाका संचालन भए पनि नेपालतर्फ यसको दीगो संचालनको लागि कुनै पूर्वाधार निर्माण भएको छैन। चीनले भने भव्य संरचना निर्माण गरेको छ। 

सीमानाकाको २४ नंबर पिलरको १२ किलोमिटर पर लिजी भन्ने ठाउँमा सुख्खा बन्दरगाह निर्माण गरिएको छ।

भारत र चीन जोड्ने छोटो र रणनीतिक महत्त्वको सो नाकाबाट चीनले दक्षिण एसियामा व्यापारको लक्ष्य लिएको छ। नाका खुलेसँगै उपल्लो मुस्ताङका बासिन्दालाई परिचयपत्रको आधारमा तिब्बत प्रवेश पनि खुलेको छ।


 

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  १६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update