Public Pana
नेपालमा टिकटकमाथी  सरकारको प्रतिबन्ध

 सरकारले  नेपालमा सवै भन्दा चर्चित एप्समा रुपमा संचालित सामाजिक सञ्जल टिकटक बन्द गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको आज बसेको बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो। 


टिकटक मार्फत  सामाजिक सद्‍भावमा खलल पुगेको र विभिन्न विद्युतीय अपराध समेत मौलाएको बिश्लेषण गर्दै उक्त एप्सलाई नै प्रतिबन्ध लगाउने निर्णयमा सरकार पुगेको हो । 


सरकारको यो निर्णयसँगै टिकटिकबाट रातै रात चर्चित बनेका र उक्त एप्सबाट आम्दानी गरेका प्रयोगकर्ताहरु ठुलो संकटमा परेका छन् । टिकटकमाथीको प्रतिबन्धलाई सरकारले तत्कालै लागू गर्ने समेत निर्णय गरेको छ ।

निकै चर्चित एप्सको रुपमा रहेको टिकटिकलाई छिमेकी मुलुक भारतले समेत प्रतिबन्द लगाएको छ । टिकटिक हाल नेपालमा सवैभन्दा बढी प्रयोगकर्ताले हेर्ने च्यानल बनेको थियो । 

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  १३:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update