Public Pana
भूकम्पपीडितलाई गोल्डस्टार शूजद्वारा ३५ लाख सहयोग

गोल्डस्टार शूजद्वारा जाजरकोटका भूकम्पपीडितलाई ३५ लाख रुपैयाँ बराबरको १० हजार थान जुत्ता सहयोग गरेको छ । 

गत कात्तिक १७ गते शुक्रबार जाजरकोटमा केन्द्रविन्दु बनाई गएका भूकम्पमा भएको मानविय क्ष्यतिप्रति गोल्डस्टारले भूकम्पपीडित सहयोग प्रदान गरेको हो ।

सङ्कटको घडीमा नेपाली दाजुभाइतथा दिदीबहिनीहरूप्रति हार्दिकता व्यक्त गर्दै गोल्डस्टारले विनाशकारी भूकम्पमा पर्नुभएका पीडितहरुकालागि ३५ लाख रुपैंया मात्र बराबरको  १०,००० (अक्षरुपी दश हजार मात्र) थान जुत्ता तथा चप्पलहरु सहयोग प्रदान गरेको हो ।


गोल्डस्टार शूजकि कार्यकारी निर्देशक विदुषी राणाले जाजरकोट र रूकुम पश्चिमका भूकम्प पीडितहरूलाई सहयोगको हात बढाएकाले प्रभावित समुदायहरूको कल्याणका लागि प्रतिबद्ध रहेको र पिडितको हकमा आफ्नो तर्फबाट थप सहयोग गर्ने प्रतिबद्धता समेत जनाइन् ।

सन् १९९० मा स्थापित किरण शूज म्यानुफ्याक्चरर कम्पनी अन्तर्गतको गोल्डस्टार शूज नेपालको सबैभन्दा ठूलो जुत्ता निर्माता कम्पनी हो।

मेड इन नेपाल नाराका साथ यो ब्रान्ड ग्राहकहरूलाई उचित मूल्यमा गुणस्तरीय उत्पादनमा हात्ति बलियो की हात्ति छाप चप्पल बलियो, उस्तै उस्तै हो नानु..विज्ञापनद्धारा चर्चित छ ।

raba-1699853476.jpeg

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  ११:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update