Public Pana
मन्त्रिपरिषद्को बैठक बालुवाटमा 

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । 

बैठक प्रधानमन्त्री निवासमा केही बेरअघि सुरु भएको हो । 


बैठकमा सरकारका नियमित कामरबाहीबारे छलफल भइरहेको छ । 


सञ्चारमन्त्री रेखा शर्माले पब्लिक पानासँग कुरा गर्दै भूकम्पपिडित परिवाररलाई राहत, नेपाल संवत्लाई राष्ट्रिय संवत्का रूपमा प्रयोग गर्नेलगायतमा छलफल भइरहेको जानकारी दिइन् । 

केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल संवत्लाई सरकारको दस्तावेजमा लेख्ने घोषणा गरेका थिए । 

आजको बैठकमा नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेको राजीनामा स्वीकृत गर्ने सम्भावना रहेको शर्माले जानकारी दिइन् ।

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update