Public Pana
अमेरिकामा हिमआँधीमा परेर कम्तीमा ३८ जनाको मृत्यु

अमेरिकामा हिमआँधीमा परेर कम्तीमा ३८ जनाको मृत्यु भएको छ ।  हिमआँधीका कारण कान्सास, नेब्रास्का, ओहायो, न्युयोर्क, ओक्लाहोमा, केन्टकी, मिजौरी, टेनेसीलगायतका राज्यमा ३८ जनाको मृत्यु भएको हो । आँधीबाट न्युयोर्कको बफेलो सहर सबैभन्दा बढी प्रभावित छ । बफेलोको नियाग्रा अन्तर्राष्ट्रिय विमानस्थलमा ४३ इन्च हिउँ जमेको छ रक्यानडामा ब्रिटिस कोलम्बियाको पश्चिमी प्रान्तको मेरिट सहर नजिकै हिउँको सडकमा बस पल्टिँदा चार जनाको मृत्यु भएको छ ।
आँधी आगामी केही दिनमा कम हुने मौसमविद्हरूले बताए छन तर अत्यावश्यक बाहेक यात्रा नगर्न उनीहरूले सल्लाह दिएका छन् ।
आँधीले केही दिनदेखि विनाश ल्याएको छ, तर पहिलेको ब्ल्याकआउटपछि बिजुली स्थिर रूपमा पुनस्र्थापित भएको छ । आइतबार २ लाखभन्दा कम मानिस बिजुलीबिहीन भएका थिए ।
अत्यधिक चिसोका कारण सर्वसाधारणलाई घरबाट बाहिर ननिस्कन सुझाव दिइएको छ । बिजुली नभएपछि कठ्यांग्रिएर ज्यान गुमाउनेको संख्या बढ्नसक्ने अधिकारीहरूले बताएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९  ०८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update