Public Pana
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटनामा परि १ जनाको मृत्यु 

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जिल्लाको भजनी नगरपालिका–६ को नवलपुरस्थित भित्री सडकखण्डमा आइतबार राति सुपप्र ०१००९प ११२९ नम्बरको मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ ।


दुर्घटनामा परी सोही ठाउँ बस्ने चालक २२ वर्षीय तारा चौधरीको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज नेपालगञ्ज लगिएको थियो ।

उनको उपचारका क्रममा राति नै मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको दाबी छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  ०८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update