Public Pana
आज विदेशी मुद्राको विनियमदर  

नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार आज बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ६४ पैसा र बिक्री दर १६३ रुपैयाँ ३७ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ १४ पैसा र बिक्री दर १४२ रुपैयाँ ७८ पैसा रहेको छ ।


यस्तै, अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा पुगेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ७१ पैसा र क्यानाडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

mon1699842776.png

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  ०८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update