Public Pana
भारतले नेदरल्याण्डसमाथि भारत १६० रनले विजयी

भारतले नेदरल्याण्डसमाथि फराकिलो जित हासिल गरेको छ । जारी आइसीसी क्रिकेट विश्वकप अन्तर्गत लिग चरणको अन्तिम खेलमा भारतले नेदरल्याण्डसलाई १६० रन अन्तरले पराजित गरेको हो ।

भारतले दिएको ४११ रनको लक्ष्य पछाएको नेदरल्याण्डस ४७.५ ओभरमा अल आउट हुदै २५० रन बनाएपछि खेल १६० रनले हरेको हो ।

यसअघि भारतले टस जितेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा ४ विकेट गुमाएर ४१० रन बनाएको थियो ।

योसँगै भारत लिग चरणमा अपराजित हुदै सेमिफाइनल खेल्ने भएको छ । भारतको ९ खेलमा १८ अंक भएको छ ।

त्यस्तै नेदरल्याण्डस भने ९ खेलमा २ जित र ७ हारसहित ४ अंक हासिल गर्दै अंकतालिकामा पुछारमा रहदै विश्वकप समाप्त गरेको छ ।
 
 

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  ०८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update