Public Pana
मुस्ताङको कोरला नाका आजदेखि सञ्चालनमा

मुस्ताङको कोरला नाका आज (कात्तिक २७ गते) बाट सञ्चालनमा आउँदैछ । 

बिहान १० बजे नेपाल र चिनियाँ अधिकारीले एक समारोहका बीच नाका सञ्चालनमा आएको औपाचारिक घोषणा गर्ने तयारी भएको लोमान्थाङ गाउँपालिका अध्यक्ष टासीनर्बु गुरुङले जानकारी दिए ।


कोरोना संक्रमणको बेला चार वर्षअघि चीनले कोरला नाका बन्द गरेको थियो । विगत केही समयदेखि सरकारले कोरला नाका सञ्चालनको लागि चीनसँग कुटनीतिक पहल गर्दै आएको थियो। नाका सञ्चालनमा आउने भएपछि स्थानीयबासी खुशी भएका छन् ।


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गएको असोजमा गरेको चीन भ्रमणका क्रममा चीनले कोरलालगायतका १४ वटा नेपाल९चीन सिमानाका सञ्चालनमा ल्याउने सहमति भएको थियो ।  

नाका सञ्चालनमा आउने भएपछि मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका झण्डै एक हजार सर्वसाधारणलाई ‘नेपाल चीन प्रवेश अनुमतिपत्र’ वितरण गरिएको हो ।


प्रवेश पास भएका नागरिकले अब जुनसुकै समयमा पनि चीन आवत जावतको सुविधा पाउनेछन्।  
 

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  ०७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update