Public Pana
बालेनको निर्णयमा सिडियोको करेक्सन, देउसी भैलो खेल्न समय सिमा छैन : प्रजिअ बस्नेत

तिहारको अवसरमा देउसी भैलो खेल्न महानगरले दिएको समय सिमालाई जिल्ला प्रशासन कार्यालय काठमाण्डौले करेक्सन गरेको छ ।

काठमाण्डौ महानगरका मेयर बालेन शाहले राती १ बजेसम्म देउसी भैलो खेल्न सकिने भन्दै सोही बमोजिम सुरक्षा व्यवस्था मिलाउन जिल्लास्थित सुरक्षा समन्वय समिति र सरोकारवाला निकायलाई आग्रह गरेका थिए। बालेनले फेसबुकमाफर्त सार्वजनिक गरेको अनुरोध यस्तो थियो । 

बिगतको बर्षहरुमा कोभिडको कारण तथा सुरक्षाको कारणले गर्दा तिहारमा देउसी भैलो खेल्ने समय काठमाडौ महानगर भित्र राती ९ बजे सम्म मात्र खेल्न अनुमती दिइएको थियो । यो बर्ष काठमाडौ महानगर नगरप्रहरीले " राती  १ " बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको ब्यबस्था मिलाएको छौ र सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेलीदिनु हार्दिक अनुरोध गर्दछौ  , सोही अनुरुप नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको प्रबन्ध  मिलाउन हार्दिक अनुरोध  गर्दछौ।

बालेनको उक्त निर्णर्यलाई करेक्सन गर्दै प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले रातभर नै देउसी भैलो खेल्न सकिने जानकारी दिएका हुन । 
प्रजिअ बस्नेतका अनुसार काठमाडौँ उपत्यकामा रातभर देउसी, भैलो खेल्न पाइने भएको छ । तिहारको अवसरमा देउसी, भैलो खेल्न समय सीमा नतोकिएको जिल्ला सुरक्षा समिति काठमाडौँले जनाएको छ । भक्तपुर र ललितपुरमाा पनि रातभर देउसी र भैलो खेल्न दिने निर्णय भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “उपत्यकामा एकै प्रकारको निर्णय गर्नेबारे हाम्रो छलफल भएको छ, इच्छुकलाई आफ्नो अनुकूलतामा मर्यादित भएर देउसी, भैलो खेल्न स्थानीय प्रशासनले आग्रह पनि गरेको छ ।” प्रजिअ बस्नेतले भन्नुभयो । 

    उहाँले भन्नुभयो,“आवश्यक मात्रामा सुरक्षा व्यवस्था हामीले मिलाएका छौँ ।” जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना निकालेर भुईँचम्पा, पटका र आतसबाजी जस्ता विपद् जोखिम निम्त्याउने विस्फोटक एवम् प्रज्ज्वलनशील पदार्थको प्रयोग र बिक्री वितरण नगर्न आग्रह गरेको छ । काठमाडौँ उपत्यकामा पटका र आतसबाजी पड्काउन पनि निषेध गरिएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  ०५:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update