Public Pana
फजुल खर्च रोक्नुपर्नेमा कांग्रेस महामन्त्री थापाको जोड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा फजुल खर्च रोक्न र संसद् विकास कोषको रकम पुनर्निर्माण कोषमा जम्मा गर्न आग्रह गर्नुभएको छ ।

सरकारले सबैभन्दा पहिले आधारभूत सेवा भूकम्पपीडितलाई दिनुपर्ने त्यसपछि मात्र अन्य सहयोगी दाताहरू तथा अन्यत्रबाट सहयोग माग्न सुझाउन भएको छ । 

आज प्रधानमन्त्रीसँग भएको भेटमा महामन्त्री थापाले फजुल खर्च रोकेर भूकम्प प्रभावित क्षेत्रका जनतालाई सहयोग गर्न आग्रह गर्नुभएको महामन्त्री थापाको निजी सचिवालयले जनाएको छ । 

महामन्त्री थापाले ‘संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ का लागि छुट्याइएको रु आठ अर्ब २५ करोड पुनर्निर्माण कोषमा जम्मा गर्न अनुरोध गर्नुभएको थियो । भूकम्प प्रभावित क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्न उहाँले आग्रह गर्नुभयो ।

प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०८०  २०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update