Public Pana
तिहार विदामा सर्वोच्च अदालत खुला रहने

सर्वोच्च अदालतले तिहार बिदामा पनि अत्यावश्यक सेवा दिने भएको छ । सो अवधिमा बन्दी प्रत्यक्षीकरण, निवेदन दर्ता लगायतका कामका लागि सेवा खुला गर्ने सर्वोच्चले जनाएको छ ।

सर्वोच्चले आजदेखि कात्तिक ३० गतेसम्मका लागि न्यायाधीशहरूलाई जिम्मेवारी समेत तोकेको छ । सर्वोच्चका अनुसार आजको जिम्मेवारी न्यायाधीश प्रकाशमान सिंह राउतलाई परेको छ ।


यस्तै, कात्तिक २७ गते न्यायाधीश सपना प्रधान मल्ल, कात्तिक २८ गते न्यायाधीश हरिप्रसाद फुयाँल र कात्तिक ३० गते  न्यायाधीश कुमार रेग्मीलाई जिम्मेवारी तोकिएको छ ।

कात्तिक २९ गते भाइटीकाको दिन भने अदालत बन्द रहनेछ ।

सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणका लागि बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म इजलास रहनेछ । 

प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०८०  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update