Public Pana
प्रचण्डलाई बधाई दिएर निस्किए देउवा

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन् । नवनियुक्त प्रधानमन्त्री प्रचण्डको सपथ ग्रहण कार्यक्रममा पुगेका देउवाले प्रचण्डसँग हात मिलाएर बधाई दिएका थिए ।

प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ ग्रहण गराए लगत्तै देउवा समारोह सञ्चालन भइरहेको स्थानबाट बाहिरिएका थिए ।

प्रचण्ड नेतृत्वको सरकारमा रहेका मन्त्रीको सपथसम्म उनी बसेनन् । प्रचण्डलाई बधाई दिएर देउवा कार्यक्रमबाट बाहिरिएका थिए ।

प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update