Public Pana
प्रधानमन्त्री प्रचण्डले कीर्तिपुरका जनतासँग आज साक्षात्कार गर्दै 

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आज (शनिबार) कीर्तिपुरका जनतासँग साक्षात्कार गर्ने भएका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले आज बिहान कीर्तिपुरका जनतासँग साक्षात्कार गर्न लागेका हुन् । 

माओवादीले सञ्चालन गरेको ‘जनतासँग माओवादी ः विशेष रूपान्तरण अभियान’अन्तर्गत आज हुन लागेको साक्षात्कार केहिबेरमा शुरू हुने उनको सचिवालयले जनाएको छ । 

सचिवालयका अनुसार माओवादी केन्द्र कीर्तिपुर नगर समितिको आयोजनामा कीर्तिपुर ९ स्थित बाघभैरव ब्यांक्वेट, नगाउँमा कार्यक्रम हुनेछ ।

 

प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  १०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update