Public Pana
भूकम्प पीडितका लागि प्रधानमन्त्री सहायता कोषमा १३ करोड २३ लाख जम्मा - विवरण 

प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि १३ करोड २३ लाख रुपैयाँ जम्मा भएको छ । 

विभिन्न व्यक्ति तथा संघ संस्थाबाट कात्तिक १८ गतेदेखि हिजो शुक्रबारसम्म प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १३ करोड २३ लाख ७८ हजार ७४४ रुपैयाँ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

भूकम्पले ध्वस्त भएको जाजरकोट र रुकुमपश्चिममा पीडितका घर पुनर्निर्माणका लागि सरकारले सहयोगको आह्वान गरेको थियो। 

विवरण -

rahat-1699672938.jpg

प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  ०९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update