Public Pana
आज धन्वन्तरि जयन्ती

वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरिको उत्पत्ति भएको सम्झनामा आज विश्वभर विविध कार्यक्रम गरी धन्वन्तरि जयन्ती मनाइँदै छ ।

देवताहरूको चिकित्सक या भनौँ आयुर्वेदका भगवान् धन्वन्तरिको आज जन्म जयन्ती।

हामी सबैले आयुर्वेदिक औषधीहरूको बारेमा त सुनेकै छौ। आयुर्वेदिक चिकित्सा पद्धति संसारकै सबैभन्दा पुरानो चिकित्सा पद्धति हो तर अहिले सम्म यसको प्रभाव थोरै पनि कम भएको छैन। यिनै भगवान् धन्वन्तरिको मानवतालाई अनुपम देन हो, आयुर्वेद।

आजकै दिन अर्थात् कार्तिक कृष्ण पक्षको त्रयोदशीको दिन समुन्द्र मन्थन गर्दा भगवान् धन्वन्तरि अमृत, शङ्ख, चक्र र जडीबुटीका साथ प्रकट हुनुभएको धार्मिक कथन छ।

आयुर्वेद “आयु र वेद“गरी दुई शब्द मिलेर बनेको हो। आयुर्वेद भन्नाले ’आयुको ज्ञान’ भनेर बुझिन्छ।

आयुर्वेद चिकित्सासँग सम्बन्धित सबैले आजको दिनलाई विशेष महत्त्वका साथ मनाउने गर्दछन्।

प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  ०६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update