तिहारको प्रथम दिन काग तिहारमा एका बिहानै कागको पूजा गरिन्छ ।
वर्षभरि कागले घरआगनमा सुखद र प्रगतिशील खबर अनि सौभाग्यका कुराहरुमात्र ल्याओस भनेर कामना गर्दै घर बाहिर हरियो पात, दुना, टपरीमा विभिन्न परिकारहरू कागकालागि भनेर राखिन्छ ।
यस बर्षको काग तिहारको दिन ले तिहार अनि यमपञ्चक को श्री गणेश गरेको छ । हिन्दु धर्मावलम्बीहरुले वडा दशैं लगत्तै मनाउने अर्को ठूलो र महत्वपूर्ण चाडको हो– तिहार अर्थात यमपञ्चक । यहि तिहारको पहिलो र महत्वपूर्ण दिनलाई नै काग तिहार भनिन्छ ।
तिहार पर्व अन्तरगत कार्तिक कृष्ण त्रयोदशी देखि कार्तिक शुल्क द्वितीया तिथिसम्म पाँच दिन मनाइने तिहार पर्वको आरम्भ काग तिहारबाट हुन्छ । काग तिहार कार्तिक कृष्ण त्रयोदशीका दिन पर्दछ ।
काग तिहारमा कागलाई यमराजको सन्देश वाहकका रुपमा पूजा गरिन्छ । काग तिहारका दिन मात्रै कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने चलन रहेको छ ।
काग अर्थात सन्देश प्रवाहक प्राणी, काग करायो भनें केही सन्देश या पाहुना आउने जनाउका रुपमा नेपाली समाजमा लिने चलन अझै छ ।
कागलाई विशेषगरी अशुभ सन्देश प्रवाह गर्ने पन्छीका रुपमा लिइन्छ । धर्मशास्त्रहरु अनुसार नरक लोकका अधिपति यमराजले पृथ्वी लोकमा भएका मानिस लगायत सम्पूर्ण जिवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण ल्याउने र लैजाने काम भने कागले गर्ने मान्यता रहेको छ ।
आकाश मार्गबाट छिटो सन्देश ल्याउने लाने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेको जनश्रुति अहिलेपनि रहेको छ । तर काग तिहारमा भने यी सवै नकारात्मक मान्यताहरुलाई विर्सिएर कागको पूजा गरिन्छ ।
काँक काँक गरेर चर्को र झर्कोलाग्दो स्वरमै भएपनि कागले सन्देश वोकेर ल्याउने जनश्रुती रहेको छ, काग एउटा वाठो पन्छी हो र यस्ले हाम्रो वालीनालीमा भएका दुर्गुणी किराफट्याङ्ग्राहरुलाई खाईदिएर अन्न उत्पादनमा र माशंजन्य फोहेरहरु खाईदिएर सरसफाईमा सहयोग गर्दछ । त्यसैगरी हाम्रो सामाजमा कागलाई काकगवेषण, काकन्याय तथा काकबलि आदि विविध शब्दले काग चरित्रको चर्चा गरिन्छ ।
हाम्रो सनातन सस्कारमा टेक्ने माटो देखि श्वाँस फेर्ने हावा अनि वर्षीने वादलदेखि गर्जिने वाघसम्म, कुकुर देखि काग अनि वोटविरुवासम्म सबैकुरामा पवित्रता र भगवानतत्वको गुण स्वीकारिएको छ ।
आजको दिन कागलाई पूजाआजा नगरे र खान नदिए पापकोभागी भइन्छ भन्ने धार्मिक मान्यता छ । कागतिहारमा कागलाई घरआँगनमा बोलाई घरमा बनेका खाद्यान्न परिकार खान दिइन्छ ।
आज कागतिहारकै दिन समुद्र मन्थनका बेला उत्पत्ति भएका आयुर्वेदका प्रवर्तकधन्वन्तरी ऋषिको सम्झनामा धन्वन्तरी दिवस पनि मनाइन्छ । आज यमदिप दान गर्नाले यमराजको यातनाबाट मुक्त हुने अर्को धार्मिक विश्वास छ । यमदिप दान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धार्मिक विधि रहेको छ ।
सेलरोटीको मिठास अनि दियोको प्रकाशकासाथै देँउसी अनि भैलोका संगीतहरु गुञ्जायमान यस पर्वको हर्षोउल्लास अदभुत छ, काग कुकुर, गाई, गोरु र दाजुभाईको पूजा क्रमैसँग यमपञ्चकका पाँच दिनमा गरिने यस तिहारपर्व मनाईनेका वारेमा धेरै किबंदन्तीहरु पाईन्छन् जस्मध्य एकदमै प्रचलीत कथा जस्मा यम र उन्की बहिनीको प्रसगं यहा प्रस्तुत गर्न जाँदैछौ ।
मृत्यूका देवता यम आफ्नी बहिनी यमुनासँग धेरै समयदेखि भेट्न पाएका थिएनन्, यमुनालाई आफ्नो दाजुसँग भेट्ने धेरै इच्छा भएर विभिन्न माध्यमहरुमार्फत दाजुलाई भेट्न आउन निम्तो पठाईन्, उन्ले यम समक्ष शुरुमा काग अनि कुकुर, गाई अनि अन्त्यमा आफैँ गएर दाजुलाई भेटेको प्रसगं छ, दाजुलाई भेटेपछी उन्ले दाजुलाई टीका, फूलमालाले पूजा गरि रङ्गीन टिका निधारमा लगाएकी थिइन । तोरीको तेलले दाजु वरिपरि रेखा कोरेर मखमली फूलको र दुबोको माला लगाईदिई पूजा गर्दै भाईटीका लगाएकी थिइन् । त्यही क्रमलाई यमपञ्चकको पाँचौ दिनमा भाईटीका लगाएपछि तिहारको विधीवत अन्त्य हुन्छ ।
काग तिहारमा विहानैदेखि कागको पूजा गरिन्छ, घरवाहिर विभिन्न खानेकुराहरु पात या दुना टपरीमा कागका लागी भनेँर राखिन्छ र वर्षभरि कागले घरआगनमा सुखद र प्रगतिशील खबर अनि भाग्यकाकुराहरुमात्र ल्याओस भनेर कामना गरिन्छ ।
उता सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा भने अलिक फरक ढंगले काग तिहार मनाईन्छ । सुदूरपश्चिमको स्थानीय भाषमा नरहरी भनिने यस चाड माघे सक्रान्ति अर्थात पुसे तिहार भनेर मनाईन्छ । सुदूरपश्चिमका जिल्लामा पुसे तिहार अर्थात माघे सक्रान्तिमा कागलाई सेल रोटी र अन्य मिठापरिकारहरु खुवाउने चलन रहेको छ । हरेक वर्ष पुस मसान्तमा सेलरोटी पकाउँदा सबैभन्दा पहिला पाकेको रोटी कागलाई दिने गरिन्छ ।
काग र कोईलीको अत्यन्त प्रसिद्ध कथा र चलन त हामीसबैले सुनिआएकै छौ, कोईलीले आफ्नो अण्डा गएर कागको गुँडमा पार्ने अनि कागले त्यस अण्डा कोरलेर कोईलीको वच्चालाई आफ्नै सन्तान भनेर हुर्काउने गर्दछ । यसअर्थमा चर्कोस्वरमा नमिठोगरि कराउने कालो कागनै सुरिलोस्वर भएका हरेक कुहु कुहु गरेर वसन्तमा कराउने कोइलीको जिवनरक्षार्थक अभिभावक हो, काग र कोईलीको यो सहअस्तित्वले हामीलाई धेरै सकारात्मक कुराहरुको उदहारण दिएको छ ।
घरघरमा केराका वोटहरु लगायत अन्य प्रकारका झिलीमिली द्धारहरु वनाएर साँझमा दिप प्रज्जवलन गरिन्छ, विभिन्न प्रकारका पटाकाहरु पड्काउने चलनका साथै तराईमा सन्ठी अर्थात जुटको भित्रपटिको हलुका लठ्ठिहरुको मुठालाई वालेर खेतमा गएर हुक्का खेल्ने चलन छ ।
रमाईलोको यो माहौलमा सजग र सुरक्षीतरहन पनि एकदमै जरुरी छ । अर्कोतर्फ अब गाँउघरमा उत्साहीत मान्छेहरुले उल्लासपूर्वक तिहारमा देउँसी या भैलो कहाँ कहाँ खेल्ने, को को खेल्ने अनि के के गीत अथवा नृत्य प्रदर्शन गर्ने, कसले भट्याउने आदि तैयारी शुरु भइसक्यो होला, सबैलाई शुभकामना, यो तिहार उल्लासपूर्ण होस्