Public Pana
तिहारका बेला वालेटमा रकम जम्मा गर्ने सीमा बढ्यो 

नेपाल राष्ट्र बैंकले तिहारका लागि भुक्तानी सेवा प्रदायक वालेटमा रकम जम्मा गर्न सकिने सीमा बढाएको छ । 

राष्ट्र बैंकले आज शुक्रबार परिपत्र जारी गर्दै वालेटमा रकम जम्मा गर्ने सीमा अस्थायी रुपमा बढाएको हो ।

यो व्यवस्थासँगै वालेटमा एक दिनमा बढीमा २० पटकसम्म रकम जम्मा गर्न सकिन्छ । सीमा बढाउनु अघि वालेटमा दैनिक १० पटकसम्म रकम जम्मा गर्न सकिन्थ्यो ।

यो सुविधा कार्तिक २४ देखि मंसिर ३ गतेसम्मका लागि उपलब्ध भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  २०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update