Public Pana
जंगी अड्डाले उपरथी पाण्डेको राजीनामा पत्र रक्षा मन्त्रालय पठायो

जंगी अड्डाले नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेको राजीनामा–पत्र रक्षा मन्त्रालय पठाएको छ ।

भावी प्रधानसेनापतिका रूपमा अघि सारिएका पाण्डेले बिहीबार प्रधानसेनापति प्रभुराम शर्मासमक्ष राजीनामा बुझाएका थिए ।  

उनको राजीनामा स्वीकृतिका लागि रक्षा मन्त्रालय पठाइएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले पब्लिक पानालाई जानकारी दिए । 

पाण्डेलाई केही दिनअघि रथीमा बढुवाका लागि सिफारिस गरेपनि जन्ममितिको विवादका कारण कारबाहिबाट बच्न हिजो बिहिबार उनले राजीनामा दिएको प्रवक्ता भण्डारीले उल्लेख गरे । 


अब उक्त राजीनामा मन्त्रिपरिषद् बैठकमा पठाइने तयारी रहेको छ । 

पाण्डेको उमेरसम्बन्धी विवाद छानबिन गर्न सेनाले रथी सीताराम खड्काको नेतृत्वमा समिति गठन गरेको थियो ।

प्रधानसेनापति शर्मा नेतृत्वको बढुवा समितिबाट सिफारिस भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update