Public Pana
रवि लामिछानेले भए उपप्रधानसहित गृहमन्त्री

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्रीको जिम्मेवारी पाउने भएका छन् । सत्तारुढ गठबन्धनमा भएको छलफलमा लामिछानेलाई उपप्रधानसहित गृहमन्त्री बनाउने सहमति भएको हो । 

उक्त सहमति पश्चात लामिछाने शपथ ग्रहणको तयारीमा जुटेका छन् । 

२० सिटसहित संसदको चौथो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्दै सरकारमा सहभागी हुन लागेको हो । 
 

प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update