अन्तरजातिय विवाह
दलित–गैरदलितबीच विवाह गर्ने जोडीलाई नगरपालिकाले दियो एक लाख पुरस्कार
मुगुको छायानाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गरेका एक जोडीलाई प्रोत्साहनस्वरुप रु एक लाख उपलब्ध गराएको छ ।
छायानाथ रारा–१० चरापगाउँका २५ वर्षीय देवीकृष्ण कामी र सोरु गाउँपालिका–४ लिब्रकी २४ वर्षीया रञ्जिता बुढाले अन्तरजातीय विवाह गरेपछि उक्त जोडीलाई नगरपालिकाले रकम उपलब्ध गराएको हो ।
कामी र बुढाले गत वर्ष माघमा विवाह गरेका थिए ।
छायाँनाथ रारा नगरपालिकाले १२औँ नगरसभामा अन्तरजातीय विवाह गर्ने जोडीलाई रु एक लाख पोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेको थियो ।
नगरपालिकाको १२औँ नगरसभाले आर्थिक वर्ष २०७९÷८० देखि लागू हुने गरी नगरपालिकाभित्र अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहन रकम दिने निर्णय गरिएको नगरप्रमुख विष्णुकुमार भामले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८० ०७:१७
प्रतिक्रिया दिनुहोस्