Public Pana
हङकङ श्रृंखला क्रिकेटका लागि महिला राष्ट्रिय टोली घोषणा 

नेपाल क्रिकेट संघ (क्यान)ले हङकङमा हुने श्रृंखलाका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ ।

क्यानले आज बिहीवार १४ सदस्यीय टोली घोषणा गरेको हो ।

यससँगै क्यानले रुबिना क्षेत्रीको स्थानमा नयाँ कप्तान तोकेको छ । इन्दु बर्मालाई नयाँ कप्तान तोकिएको हो ।

यसअघि इन्दुले महिला टोलीको उपकप्तानको रुपमा जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।

यस्तै, क्यानले रिक्त रहेको महिला टोलीको उपकप्तानमा बिन्दु रावललाई नियुक्त गरेको छ । 

टोलीमा पूर्वकप्तान रुबिनासँगै सीता राना मगर, अश्मिना कर्मचार्य, काजल श्रेष्ठ, कञ्चन श्रेष्ठ, सोमु विष्ट, पुजा महतो, रोमा थापा, संगीता राई, खुसी डंगोल, सम्झना खड्का र सोनी पाख्रिन पनि छन् । 

नोभेम्बर १५ देखि १९ सम्म हङकङमा हुने श्रृंखलामा नेपालको महिला टोलीले प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  २०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update