
रेशम चौधरीलाई बाँकी सजाय मिनाह गर्दै रिहाइको विरुद्धमा परेको रिटको सुनुवाइ आज सरेर अब पुस १६ गते हुने भएको छ । सर्वोच्चमा सात जना न्यायाधीश रिक्त हुँदा उक्त रिटको सुनुवाइ पुस दोस्रो सातासम्म रोकिएको हो ।
सर्वोच्च प्रशासनले पुस दोस्रो साताका लागि पेसी तोकेपछि टिकापुर हत्याकाण्डमा ज्यान गुमाएका प्रहरी निरीक्षक केशब बोहोराकी पत्नी शारदा कडायतले अर्को निवेदन दर्ता गराएकी छिन् ।
अग्राधिकार पाइसकेको यो रिटको सुनुवाइ शारदाको यो निवेदनसँगै पुस १६ गते पहिलो प्राथमिकतामा राखेर सर्वोच्चले गर्नुपर्ने भएको छ ।
सरकारले सजाय माफी दिएको यस रिटमा ५ महिनादेखि सुनुवाइ हुन सकेको छैन।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा बाँकी कैद मिनाहा गरिदिएपछि चौधरी गत जेठ १५ गते रिहा भएका थिए।