Public Pana
राष्ट्रपतिसँग चिनियाँ प्रतिनिधिमण्डलको भेटवार्ता

 राष्ट्रपति रामचन्द्र पौडेलसँग जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बतका सचिव वाङ जुनझेङ नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ।
राष्ट्रपति भवनमा बिहीबार भएको भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
त्यस अवसरमा राष्ट्रपति पौडेलले हालै जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट जनधनको ठूलो क्षति हुँदा चीन र त्यहाँका जनताले प्रदान गरेको सहयोगका लागि आभार व्यक्त गरेका थिए। 
उनले विपद्पछिको पुनःउत्थान र पुनःनिर्माणका लागि प्राप्त चिनियाँ सहयोगको प्रशंसा गरेका थिए।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update