Public Pana
जाजरकोटमा पुन: भूकम्पको धक्का

 जाजरकोट केन्द्रबिन्दु भएर बुधबार पुन: भूकम्पको धक्का गएको छ। 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको पैङ्क केन्द्रबिन्दु भएर बुधबार बेलुकी ७ बजेर ५० मिनेटमा ३.५ म्याग्निच्यूडको भूकम्प गएको हो।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गत शुक्रबार राति गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पपछि त्यहाँ निरन्तर पराकम्प गइरहेको छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  ०७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update